विद्यार्थी एकता दिवस- तानाशाही र क्रूर शासकविरुद्ध आन्दोलनको इतिहास
गोरखाका शाह वंश राजपरिवारमा जन्मिएर पनि राजाको पदवि नपाउने अग्रज पुरूष सदस्यलाई चौतारिया उपाधि दिइएको थियो । राजगद्दीको श्रेणीबाट विच्छेद भएता पनि राजनीतिक सक्रियता देखाउने शाहवंशीय भारदारहरू चौतारिया हुने चलन थियो । जंगबहादुरको उदय हुन्जेलसम्म चौतारिया पदको प्रयोग भएको पाइन्छ । चौतारिया फत्तेजङ्ग शाह नेपालका छैठौं प्रधानमन्त्री थिए । वि.सं. १९०३ भदौ ३१ मा राजा राजेन्द्रविक्रम शाहकी कान्छी रानी राज्य लक्ष्मी देवीका प्रिय पात्र गगन सिंहको हत्यारा पत्ता लगाउन भेला भएका भारदारबीच विवाद हुँदा मच्चिएको हत्याकाण्डले त्यतिखेर नेपालका प्रधानमन्त्री फत्तेजङ्ग शाह, दलभञ्जन पाँडे, वीरकेशर पाँडेलगायतका ३१ जनाको हत्या भएको कोतको परिसरमा रगतको खोला बग्यो ।
यस घटनामा ११ चौतारिया, ६ पाँडे, ३ थापा र ११ अन्य क्षेत्रीय भारदारको हत्या भयो । नेपालको इतिहासमा विभत्स र दु:खलाग्दो दोश्रो ठूलो हत्याकाण्ड कोत पर्वले तत्कालीन नेपालको अस्थिर राजनीतिलाई १०४ वर्षे राणा शासनतिर डोर्याएको थियो । यस पर्वमा चौतरिया, पाँडे खलक, थापा खलक, विष्ट, भण्डारी, आदि कुलका भारदारहरू एक चिहान बनेका थिए भने जङ्गबहादुर र उनका भाइहरू शक्तिशाली भएर उदाए । बस्न्यात खलकमा जुठो परेकाले कोतमा उपस्थित हुन पाएनन् र बचेका थिए ।
विभिन्न चरणको संघर्षपश्चात वि.सं. २०२१ साल वैशाखमा त्रिचन्द्र कलेज विद्यार्थी युनियनको सक्रियतामा उपत्यकाव्यापी अन्तर कलेज विद्यार्थी सम्मेलन सम्पन्न भयो । सम्मेलनले सबै राष्ट्रघाती असमान सन्धि खारेज गर्नुपर्ने, गोर्खा भर्ती केन्द्र पूर्णतः खारेज गर्नुपर्ने, स्ववियू खोल्न पाउने अधिकारको बहाली गर्नुपर्ने र बन्दी विद्यार्थीहरू निःशर्त रिह गर्नुपर्नेलगायतका मागहरू राखी शसक्त संघर्ष गर्ने निर्णय गर्यो ।
राणाहरूले गरेको पारिवारिक शासन नेपालमा विक्रम सम्वत् १९०३ देखि प्रारम्भ भएर २००७ साल सम्म कायम रह्यो । यसमा राणा प्रधानमन्त्रीका भाइमा पद सर्दै जाने नियम थियो । देशका मुख्य मुख्य शक्तिशाली पदमा पनि राणा खलकका नियुक्त हुन्थे । क्रूर शासक राणाले जे बोल्यो त्यही नै कानून बन्ने अवस्थामा जनता आधारभूत मौलिक अधिकारबाट वञ्चित हुने मात्रै होइन शोषित भएर बस्नु पर्ने दर्दनाक अवस्था थियो । निरंकुश शासनकै बीचमा विद्यार्थीहरु संगठित भएर जागरण, दबाब र प्रतिपक्षीय आन्दोलन आगाडि बढाइरहेको देखिन्छ । जनताको वाक स्वतन्त्रतामाथिको प्रतिवन्ध, जनताका छोराछोरीले निर्वाध पढ्न पाउने अधिकारमाथिको प्रतिबन्ध, राणा शासकहरूको बोली कानून बन्ने चरम दमन र निरंकुशताको बीचमा सुरूवात भएको विद्यार्थी आन्दोलनको इतिहास गौरवपूर्ण छ ।
नेपाली विद्यार्थी आन्दोलनको इतिहासमा सर्वप्रथम वि.सं. १९९१ सालमा भारतको बनारसमा अध्यनरत नेपाली विद्यार्थीहरूले ‘नेपाली छात्र संघ’ गठन गरेका थिए । वि.सं. १९९७ माघ १६ गते त्रिचन्द्र कलेजमा अध्ययनरत विद्यार्थी नेता नेपालको पहिलो राजनीतिक पार्टी ‘नेपाल प्रजापरिषद्’ का सदस्य गंगालाल श्रेष्ठ र लगायतका विद्यार्थीहरूले साहसपूर्वक राणा शासनविरुद्ध प्रचार संघर्ष छेडे । त्यसले राणा साशनको क्रूर र कमजोर जगलाई हल्लायो । उद्देश्यप्रति अडिग गंगालाल श्रेष्ठलगायत चारजनालाई राणा शासकहरूले शोभा भगवतीमा झुण्ड्याएर दिइएको फासिले आन्दोलन दबेन, नयाँरूपमा राणा शासनकै कालकुट बनेर नयाँ स्तरमा संगठित भयो । यसले परिवतर्नकारी युवा विद्यार्थीहरूलाई राणा शासकहरूप्रति थप आक्रोशित बनायो ।
नेपालको संविधान २०१९ जारी भएसँगै निर्दलीय पञ्चायती व्यवस्थाको जग झन् मजबुत बन्न गयो । यही कालखण्डमा दरबारिया शाही कम्युनिस्ट डा. केशरजंग रायमाझी समर्थकहरूले नेपाल राष्ट्रिय विद्यार्थी फेडरेशनलाई फुटाई आफ्नो गुट अनुकूलको संगठन नेपाल राष्ट्रिय विद्यार्थी फेडरेशनको गठन पनि गरे ।
वि. सं. २००१ सालमा भारतको कलकत्तामा नेपाली विद्यार्थीहरुले ‘हिमाञ्चल विद्यार्थी संघ’ गठन गरेका थिए । राणाहरुको चरम दमनकारी नीतिले राणा शासनको अन्त्य गर्नुपर्ने महशुस सबैले गरेका थिए । त्यहीबेला २००४ साल असार १ गते नेपालमा ‘जयतु संस्कृतम’ नामको पहिलो संगठित विद्यार्थी आन्दोलनको सुरुवात भयो । यसको मुख्य भित्री उद्देश्य राणा शासनका विरुद्ध संगठित रूपमा संघर्ष गर्नु थियो । राणाहरुको चरम दमनका कारण बाहिरी रूपमा शिक्षामा कर्मकाण्डबाहेक इतिहास, अर्थशास्त्र, भूगोललगायतका विषयहरू समावेश गर्नुपर्ने मागहरू राखेर संघर्ष चर्काइरहेको थियो । यही क्रममा २००४ साल मंसिर २२ गते संस्कृत छात्रावास काठमाडौंबाट राणा शासकहरुले ४३ जना विद्यार्थी निष्काशन गरे । विद्यार्थीहरूले आफूमाथिको चरम दमनको प्रतिरोधको निम्ति संगठित विद्यार्थी आन्दोलनको महसुस गरे । त्यही सन्दर्भमा २००६ साल असार १७ गते भूमिगत रूपमा प्रचण्डराज सिंहको नेतृत्वमा ‘अखिल नेपाल विद्यार्थी फेड्रेसन’ गठन गरियो । नेपाली विद्यार्थी अन्दोलनको इतिहासमा यो नै पहिलो संगठन बन्यो ।
राणा शासनका विरुद्ध नेपाली जनता र परिवर्तनकारी विद्यार्थीहरुले निर्णायक आन्दोलन गरिरहेको समयमा २००७ साल पौष २४ गते भारतको मध्यस्थतामा राजा, राणा र नेपाली कांग्रसले त्रिपक्षीयरूपमा दिल्ली सम्झौता गरे । उक्त दिल्ली सम्झौताको अ.ने.वि.फे.ले व्यापक भण्डाफोर गर्न थाल्यो । २००८ साल कार्तिक २० गते आन्दोलनको क्रममा विश्व निकेतन हाइस्कूलमा अध्यनरत १४ वर्षे विद्यार्थी चिनियाकाजी श्रेष्ठको काठमाडौंको भूगोलपार्कमा गोली लागी मृत्यु भएको थियो । त्यतिबेला सरकारको नेतृत्व गर्ने राणाकालीन अन्तिम प्रधानमन्त्री मोहन शम्शेर थिए भने गृहमन्त्री कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइराला थिए ।
वि.सं २०११ सालमा अ.ने.वि.फे. ले आफ्नो पहिलो राष्ट्रिय सम्मेलन गर्यो । उपत्यकामा क्रियाशील अन्तर कलेज विद्यार्थी युनियन र अनेविफे बीच २०१३ सालमा एकता भएर ‘नेपाल राष्ट्रिय विद्यार्थी फेड्रेसन’ गठन भएको थियो । यसबीचमा विद्यार्थी आन्दोलनमा अखिल नेपाल विद्यार्थी फेडरेसनबाहेक अन्तरकलेज विद्यार्थी युनियन, नेपाल छात्र संघ र संस्कृत छात्र संघ अस्तित्वमा थिए ।
वि.सं. २००७ सालको राजनीतिक परिवर्तनपछि दुई वर्षभित्रै निर्वाचन भएर संविधान र सरकार दुवै बन्नुपर्ने थियो । तर, त्यसो हुन सकेन र अर्को ८ वर्षसम्म देश अस्थिरतामै रह्यो । वि.सं. २०१५ सालको संविधानमा रहेको मौलिक हक निलम्बन गर्दै संविधानको धारा ५५ को संकटकालीन अधिकारको प्रयोग गर्दै प्रजातन्त्र विरोधी, निरङ्कुश, तानाशाही राजा महेन्द्रले वि.सं. २०१७ साल पुस १ गते “कु” गरे । निर्वाचनमार्फत बनेको दुईतिहाइ बहुमतको सरकार अपदस्थ गरेर जनप्रतिनिधि सम्मिलित प्रतिनिधिसभा र महासभा समेत भंग गरिदिए । राजा महेन्द्रको शाही घोषणामार्फत निर्वाचित संसद र विश्वेश्वरप्रसाद कोइरालाको मन्त्रीमण्डल विघटन गरेपछि २२ पुसमा बहुदलीय व्यवस्थामा रोक लगाउँदै निर्दलीय पञ्चायती व्यवस्था सुरू गरे ।
२०१७ पुष १२ देखि २०१९ चैत २० सम्म राजा महेन्द्र आफैँले प्रत्यक्ष शासन गर्दै मन्त्रिपरिषद्को नेतृत्व गरे । यही बीचमा वि.सं. २०१९ पुस १ मा राजा महेन्द्रले नेपालको संविधान २०१९ जारी गरे । २० भाग ९७ धारा र ६ अनुसूची रहेको उक्त विधानमा १ सदनात्मक व्यवस्था राखे । उक्त व्यवस्थापिकाको नाम राष्ट्रिय पञ्चायत थियो । सार्वभौम सत्ता तथा अवशिष्ट अधिकार धारा ९० को आधारमा राजामा रहेको थियो । यस संविधानमा राजाको शाही घोषणाद्वारा संविधान संसोधन हुन सक्ने प्रावधान रहेको थियो । नेपालको संविधान २०१९ जारी भएसँगै निर्दलीय पञ्चायती व्यवस्थाको जग झन् मजबुत बन्न गयो । यही कालखण्डमा दरबारिया शाही कम्युनिस्ट डा. केशरजंग रायमाझी समर्थकहरूले नेपाल राष्ट्रिय विद्यार्थी फेडरेशनलाई फुटाई आफ्नो गुट अनुकूलको संगठन नेपाल राष्ट्रिय विद्यार्थी फेडरेशनको गठन पनि गरे ।
निरंकुश शासनकै बीचमा विद्यार्थीहरु संगठित भएर जागरण, दबाब र प्रतिपक्षीय आन्दोलन आगाडि बढाइरहेको देखिन्छ । जनताको वाक स्वतन्त्रतामाथिको प्रतिवन्ध, जनताका छोराछोरीले निर्वाध पढ्न पाउने अधिकारमाथिको प्रतिबन्ध, राणा शासकहरूको बोली कानून बन्ने चरम दमन र निरंकुशताको बीचमा सुरूवात भएको विद्यार्थी आन्दोलनको इतिहास गौरवपूर्ण छ ।
नेपाली जनता र विद्यार्थीहरूले पटक-पटक आन्दोलन गरेर फालेको राणा शासन अन्तत: निर्दलीय पञ्चायती व्यवस्थामा कैद हुन पुग्यो । त्यस समय दल संघ संस्था खोल्नमा राजाले प्रतिबन्ध लगाइएको थियो । शाही ‘कू’ ले जनताका अधिकारलाई कुण्ठित गरेको थियो त्यसविरुद्ध विद्यार्थीहरु आन्दोलित हुनु स्वाभाविक नै थियो ।
विभिन्न चरणको संघर्षपश्चात वि.सं. २०२१ साल वैशाखमा त्रिचन्द्र कलेज विद्यार्थी युनियनको सक्रियतामा उपत्यकाव्यापी अन्तर कलेज विद्यार्थी सम्मेलन सम्पन्न भयो । सम्मेलनले सबै राष्ट्रघाती असमान सन्धि खारेज गर्नुपर्ने, गोर्खा भर्ती केन्द्र पूर्णतः खारेज गर्नुपर्ने, स्ववियू खोल्न पाउने अधिकारको बहाली गर्नुपर्ने र बन्दी विद्यार्थीहरू निःशर्त रिह गर्नुपर्नेलगायतका मागहरू राखी शसक्त संघर्ष गर्ने निर्णय गर्यो । पाँच दिनसम्म चलेर सम्मेलन भव्यताका साथ सम्पन्न भएको खुसियालीमा जेठ १ गते काठमाडौंमा विशाल जुलुश प्रदर्शन भयो । पञ्चायती सरकारले अत्तालिएर जुलुशमाथि बर्बर दमन गर्यो । प्रहरीसँग आन्दोलनकारी विद्यार्थीहरूको व्यापक भिडन्त हुँदा कैयौं विद्यार्थी र प्रहरीहरू घाइते भए भने १५० भन्दा बढी विद्यार्थीहरू गिरफ्तार भए । तत्पश्चात विद्यार्थीहरू थप आन्दोलित बने । उपत्यकाव्यापी आम हड्ताल सुरु भयो ।
फलस्वरूप स्ववियू खोल्न पाउने अधिकार बहाली र बन्दी विद्यार्थी रिहाइसहित अन्य कतिपय माग पूरा गर्न पञ्चायती सत्ता बाध्य भयो । राणा शासन अन्त्यको निम्ति निर्णायक भूमिका खेलेका विद्यार्थीहरूले फेरि पनि संघर्षद्वारा निर्दलीय पञ्चायती व्यवस्थालाई घुडा टेकाउन आगाडि बढे । यसरी वि.सं. २०१७ साल पौष १ गते राजा महेन्द्रले ‘कू’ गरिसकेपछि राजनीतिक दल र संघसंस्था खोल्न पाउने अधिकारमाथिको प्रतिबन्धका विरुद्ध विजय हासिल गरेको ऐतिहासिक दिन र उपत्यकाव्यापी विद्यार्थीहरूको एकताको रूपमा दर्ज भएको दिनको सम्झनामा प्रत्येक वर्ष जेठ १ गते विद्यार्थी एकता तथा विजय दिवसको रूपमा मनाउने गरिन्छ ।