जीवी राईको राहदानी रद्द गर्न जिप्रका कास्कीले राहदानी विभागलाई लेख्यो पत्र – Nepal Press

जीवी राईको राहदानी रद्द गर्न जिप्रका कास्कीले राहदानी विभागलाई लेख्यो पत्र

काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राईको राहदानी रद्द गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्र लेखेको छ ।

विदेशमा लुकेर बसेको आशंका गरिएका राईलाई पक्राउ गर्न सफल नभएपछि प्रहरीले सो कदम चालेको हो ।

कास्कीको सुदर्शन सहकारीको ठूलो रकम हिनामिना गरेको आरोप राईमाथि लागेको छ । राई भने लामो समयदेखि सम्पर्कविहीन छन् ।

उनी मलेसियामा रहेको आशंकामा सरकारले त्यहाँको सरकारसँग पनि सहयोग मागेको थियो । तर, अहिलेसम्म कुनै उपलब्धि हासिल भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर