बैंकहरुले गरे ३५ खर्ब बढी अन्तर बैंक कारोबार – Nepal Press

बैंकहरुले गरे ३५ खर्ब बढी अन्तर बैंक कारोबार

काठमाडौँ । एक बैंकले अर्को बैंक तथा वित्तीय संस्थासँग गर्ने कारोबार (अन्तरबैंक कारोबार) ह्वातै बढेको छ ।

चालू आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाले एक अर्कामा गरेको कारोबार रकम ३५ खर्ब ८ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यसै अवधिमा यस्तो कारोबार २९ खर्ब ८२ अर्ब रुपैयाँ कारोबार भएको थियो ।

यो वाणिज्य बैंक (क वर्ग), विकास बैंक (ख वर्ग) र फाइनान्स कम्पनी (ग वर्ग) बीच भएको कारोबारको विवरण हो । तरलताको सकस भोगेका बैंकहरुको आर्थिक वर्षको पहिलो महिनामै साढे ६ खर्ब रुपैयाँ भन्दा बढी कारोबार गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यतिबेला साढे ५ प्रतिशतभन्दा बढी ब्याजमा यस्तो कारोबार भएको केन्द्रीय बैंकको तथ्यांक छ । त्यसपछिका महिनामा भने कारोबार क्रमशः घटेको देखिन्छ । यद्यपि, गत वर्षको तुलनामा यो वर्ष हरेक महिना बढी कारोबार भएको देखिन्छ ।

सबैभन्दा कम कारोबार साढे २ खर्ब रुपैयाँ पुस महिनामा भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले अन्तर बैंक ब्याजदर २।५६ प्रतिशत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर