विप्लवनिकट विद्यार्थी संगठनले सातै प्रदेशमा तोक्यो इन्चार्ज – Nepal Press

विप्लवनिकट विद्यार्थी संगठनले सातै प्रदेशमा तोक्यो इन्चार्ज

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (समाजवादी)को दोस्रो पूर्ण केन्द्रीय समिति बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बैशाख २८ गतेदेखि काठमाडौंमा सुरु भएको बैठक सोमबार साँझ सम्पन्न भएको हो ।

सम्पन्न बैठकले संगठनका पदाधिकारीलाई सात वटै प्रदेशको इञ्चार्जको जिम्मेवारी तोकेको संगठनका अध्यक्ष नरेन्द्र सीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार उपत्यका र ताम्सालिंगको इन्चार्जको जिम्मेवारी संगठनका उपाध्यक्ष ललित सी, विश्वविद्यालय र सीटीईभीटीको इञ्चार्जको जिम्मेवारी संगठनका महासचिव सी प्रकासलाई दिइएको छ ।

यस्तै केन्द्रिय कार्यलयको इन्चार्जको जिम्मेवारी सचिव प्रीतिमा सी, उत्पादन बिभाग तथा आईटी विभागको इन्चार्जको जिम्मेवारी सचिव कपिल सी, लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी सचिव मदन सी, मधेस तथा नारायणीको इन्चार्जको जिम्मेवारी सचिव अटल सी, गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी प्रकाश बास्तोला र कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी प्रकाश सी, कोशी प्रदेश इन्चार्जको जिम्मेवारी नतसा सुवेदी र सुदुरपश्चिम इन्चार्जको जिम्मेवारी कोषाध्यक्ष बबरजङ्ग सिंहलाई दिइएको छ । बैठकले संगठनका बरिष्ठ केन्द्रीय सदस्यलाई सहइन्चार्जको जिम्मेवारी पनि दिएको छ ।

संगठनको दोस्रो पुर्ण केन्द्रीय समितिको बैठकको उद्घाटन महासचिव विप्लवले गरेका थिए । बैठकमा संगठनका अध्यक्ष नरेन्द्र सीले प्रस्ताव गरेको संगठनको प्रस्तावमाथि बहस र छलफलपछि एकमतले पारित भएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर