नीति तथा कार्यक्रम : वित्त र मौद्रिक नीतिको समन्वयका कारण अर्थतन्त्र सुध्रिएको दाबी
नेपाल प्रेस
२०८१ जेठ १ गते १५:२९
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा वित्त र मौद्रिक नीतिको समन्वयकै कारण अर्थतन्त्र सुध्रेको दाबी गरिएको छ ।
उत्पादन, उत्पादकत्व वृद्धि , सेवा सरलीकरण, भ्रष्टाचार नियन्त्रणलगायतलाई नीति तथा कार्यक्रमले उच्च प्राथमिकतामा राखेको राष्ट्रपति पौडेलले बताए ।
चालू आर्थिक वर्ष ३ हजार हेक्टरमा सिंचाइ सुविधा विस्तार भएको, स्वास्थ्य सेवामा नागरिकको पहुँच वृद्धि गरिएको, श्रम स्वीकृति, राहदानीलगायतको सेवा झन्झटमुक्त भएको सरकारको दाबी छ ।
प्रतिक्रिया
सम्बन्धित खवर