आगामी वर्षदेखि कन्ट्री रेटिङ गरिने
नेपाल प्रेस
२०८१ जेठ १ गते १५:५०
काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा यो वर्ष पनि कन्ट्री रेटिङ परेको छ ।
विगत केही वर्षयता हरेक बजेट र नीति तथा कार्यक्रममा पर्दै आएको कन्ट्री रेटिङ आगामी आर्थिक वर्ष २०८१÷८२ मा गर्ने घोषणा राष्ट्रपति रामचन्द्र पौडेलले गरेका छन् ।
पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्ष कन्ट्री रेटिङ गर्ने सरकारको घोषणा गरेका हुन् ।
कन्ट्री रेटिङ हुन नसक्दा विदेशीले ऋण दिने आधार तय हुन नसकेको भन्दै आलोचना हुँदै आएको छ ।
कन्ट्री रेटिङमा काम भइरहेको सरकारले बताउँदै आए पनि अहिलेसम्म सम्पन्न भएको छैन ।
प्रतिक्रिया
सम्बन्धित खवर