नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संयुक्त सदनको बैठकमा गएनन् उपेन्द्र
काठमाडौं । सरकारको नीति तथा कार्यक्रम संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरिरहँदा हिजो मात्रै सरकार छाडेका उपेन्द्र यादव सहभागी भएका छैनन्।
जसपाका अध्यक्ष समेत रहेका यादव हिजोसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा स्वास्थ्य मन्त्री थिए। तर, अहिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सदनमा उपस्थित भएनन्।
अशोक राई नेतृत्वमा जसपा नेपाल विभाजित भएर जसपा गठन भएपछि उपेन्द्रलाई सरकार छाड्न बाध्य पारिएको छ। त्यही कारणले प्रधानमन्त्री प्रचण्डसँग रुष्ट छन्।
अहिले जसपा नेपालको केन्द्रीय समितिको बैठक बसिरहेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए। उनले पार्टीको बैठक चलिरहेकाले अध्यक्षसहित सांसदहरु सदनमा नभएको बताए।
उनका अनुसार बैठकमा आगामी जेठ २८ गतेदेखि हुने महाधिवेशनको एजेन्डामाथि छलफल भइरहेको छ।