काठमाडौंमा धेरै चाप भएको ठाउँमा अन्डरपास र ओभर पास बनाइने
नेपाल प्रेस
२०८१ जेठ १ गते १६:१७
काठमाडौं । काठमाडौंमा धेरै सवारीसाधान र यात्रुको चाप भएको ठाउँमा अन्डरपास र ओभर पास निर्माण गर्ने नीति सरकारले अघि सारेको छ ।
संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त जानकारी गराएका हुन् ।
२०८१/८२ को बजेट ल्याउनुभन्दा पहिले नीति तथा कार्यक्रममा सरकारका प्राथमिकतामा समेटिएको छ ।
अहिले कलंकीमा अन्डरपास सञ्चालनमा छ । ललितपुरको ग्वार्कोमा भने फ्लाइओभर बनिरहेको छ ।
प्रतिक्रिया