सन्दीप र गौशाला-२६ दुवै पुगे उच्च अदालत, के छ बाहिरको माहोल ?
नेपाल प्रेस
२०८१ जेठ १ गते १६:३१
काठमाडौं । आफ्नो मुद्दामा फैसला सुनवाइ जारी रहँदा क्रिकेटर सन्दीप लामिछाने पनि उच्च अदालत पुगेका छन् । उनी आफ्ना सहयोगीसहित अदालत गएका हुन् ।
सन्दीपमाथि मुद्दा दायर गर्ने ‘गौशाला २६’ पनि इजलासभित्र देखिएकी छन् । उनी बहस सुनिरहेकी थिइन् ।
उच्च अदालत पाटन बाहिर भिडभाड बढ्न थालेको छ । करिब दुई दर्जनको संख्यामा सन्दीपका समर्थकहरू जम्मा भएका छन् ।
उनीहरूले कुनै नाराबाजी र होहल्ला भने गरेका छैनन् । युट्युबर र पत्रकारहरू पनि अदालत बाहिर छन् ।
अदालतबाहिर बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
हेर्नुहोस बाहिरको माहौल :
प्रतिक्रिया
2 thoughts on “सन्दीप र गौशाला-२६ दुवै पुगे उच्च अदालत, के छ बाहिरको माहोल ?”
Leave a Reply
सम्बन्धित खवर
कसैको समर्थन र नाराबाजिमा फैसला गर्ने होईन।न्याय लायलाई स्वातन्त्रपुर्बक निर्णय गर्ने अधिकार दिनु पर्छ।संसारको सबै प्रबिधी प्रयोग गरेर भए पनि सत्य तथ्य बाहिर ल्याउनु पर्छ।र यी दुइमा एक कार्बाहिको भागी बन्नु पर्छ।
मेरो पनि सहमत यहाको भनाइलाई
सुजित तामाङ्गको भनाइप्रति