पूर्वअर्थमन्त्री महतको जिकिर- नीति तथा कार्यक्रम कागजको खोस्टा हो, यो कार्यान्वयन नै हुँदैन (भिडिओ) – Nepal Press

पूर्वअर्थमन्त्री महतको जिकिर- नीति तथा कार्यक्रम कागजको खोस्टा हो, यो कार्यान्वयन नै हुँदैन (भिडिओ)

काठमाडौं । पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रम पुरानै ढर्राबाट आएको टिप्पणी गरेका छन्।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुतपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सरकारले गर्छु भने पनि केही गर्न नसक्ने बताए।

उनले भने, ‘यो सरकारको भनाइ र गराइमा फरक छ। यत्रो लामो राख्नुपर्ने कुनै आवश्यक छैन। त्यही ढर्रामा आएको छ। भन्न त केही पनि छाडेको छैन तर, हुने पनि केही होइन। त्यसैले यो नीति र कार्यक्रमलाई खासै महत्त्व दिएर छलफल गर्नुको कुनै अर्थ छैन।’

उनले यो कागजको खोस्टामाथि बहस गर्नुको अर्थ नभएको उल्लेख गर्दै कार्यान्वयन नै हुने बताए। उनले सरकारले भ्रष्टाचार मुक्त गर्छु भने पनि भ्रष्टाचारीकै संरक्षणमा लागेको दाबी गरे।

उनले भने, ‘हामीले लगानी सम्मेलन गरेको भए सार्थक हुन्थ्यो। उहाँहरू सुशासन, आर्थिक समृद्धि रोजगारी सिर्जनामै गम्भीर हुनुहुन्न। नीति कार्यक्रममा हामी गर्छौ भनेर पढेर के अर्थ रहन्छ ? भनाइमा प्राथमिकता दिइएको छ, गराइमा हुँदैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर