सन्दीपको मुद्दा हेर्दाहेर्दैमा – Nepal Press

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज फैसला हुन सकेन । दिनभरिको सुनुवाइपछि न्यायाधीशले मुद्दालाई हेर्दाहेर्दैमा राखेका छन् ।

बहस नसकिएको भन्दै मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । भोलि यही इजलासमा मुद्दाको सुनुवाइले निरन्तरता पाउने छ । फैसला भोलि नै आउन सक्छ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा मुद्दाको सुनुवाइ भएको हो । आजै बहस सकेर फैसला गर्ने तयारी रहे पनि न्यायाधीशद्वयले मुद्दालाई हेर्दाहेर्दैमा राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर