नीति तथा कार्यक्रममा धेरै नयाँ कुरा आएका छन्: गृहमन्त्री लामिछाने (भिडिओ)
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा धेरै नयाँ कुरा आएको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको बैठकपछि मंगलबार सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय सदनमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा धेरै नयाँ कुरा आएको बताएका हुन् ।
उनले सबै मन्त्रालयले नयाँ कुराहरु लिएर आएको भन्दै गृह मन्त्रालयअन्तर्गत प्रहरी कर्मचारीको निवृत्तिको समयलाई पुनरावलोकन गर्ने र बढुवा अनुमानयोग्य बनाउने कुरा नयाँ भएको बताए ।
खुला कारागारको कुरा पनि नयाँ भएको उनका भनाइ छ । गृहमन्त्री लामिछानेले नीति तथा कार्याक्रम कार्यान्वयनमा गएपछि मात्रै थप भन्न सकिने प्रतिक्रिया दिए ।
‘नयाँ कैयौं कुरा आएका छन् । शिक्षा, श्रम, खानेपानी, कानून मन्त्रालयमा तपाईं हेर्न सक्नुहुन्छ । गृहमा सबै तहका प्रहरी कर्मचारीहरुको सेवा निवृत्त समयलाई पुनरावलोकन गर्ने कुरा आयो । अनुमानयोग्य बढुवाका कुरा नयाँ आएको छ । खुला जेल जहाँ श्रम गर्न सकिने, उद्योग गर्न सकिने कुरा आएका छन् । कतिपय पुराना कुराको निरन्तरता छ । तर, धेरै नयाँ कुरा आएका छन्’, उनले भने, ‘मूल कुरा कार्यान्वयनको चरणमा जाने कुरामा हामीले ध्यान दिनुपर्छ । सिद्धान्त र प्राथमिकतासँग नीति, कार्यक्रम मिल्नुप¥यो । नीति, कार्यक्रमसँग बजेट मिल्नुप¥यो । यो सिलसिला जुन छ, यस पटक कम्लिट नहेरी अहिल्यै भन्न सकिँदैन । सिद्धान्त र प्राथमिकतादेखि सिलसिलेवार रुपमा आएर कार्यान्वयनको चरणमा जान्छ, त्यतिखेर प्रश्नहरु सान्दर्भिक होलान् ।’
संसदको रमिता कहिले हट्ला भन्ने सञ्चारकर्मीको जिज्ञासामा गृहमन्त्री लामिछानेले कांग्रेसलाई सोध्नुपर्छ भन्ने जवाफ दिए ।