पोखराको प्राईम सहकारीबाट डेढ अर्ब बढी रकम अपचलन, अध्यक्षसहित ८ जना पक्राउ – Nepal Press

पोखराको प्राईम सहकारीबाट डेढ अर्ब बढी रकम अपचलन, अध्यक्षसहित ८ जना पक्राउ

पोखरा । पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले साढे एक अर्बभन्दा बढी रकम हिनामिना गरेको पाएको छ ।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको अनुसन्धानले सहकारीबाट एक अर्ब ५४ करोड १५ लाख ८ हजार एक सय ४२ रुपैयाँ हिनामिना भएको निष्कर्ष निकालेको हो ।

सहकारी रजिष्ट्रारको कार्यालयले अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय कास्कीलाई मंगलबार पत्र पठाएको हो । पत्रका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार नै सहकारीका अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ ।

सहकारीका अध्यक्ष शंकर कार्की, निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, व्यवस्थापन निरु थापा केसी, कर्मचारी प्रमुख सुरेन्द्रमणी पौडेल, कानुनी सल्लाहकार इन्द्रप्रसाद बराल, पुर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र शेयर सदस्य एवम् सल्लाहकार मानबहादुर गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । थप अनुन्धान भइरहेको शर्माले बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर