पाथिभरा क्षेत्रमा केबलकार बनाउन वन फँडानी भएको भन्दै मेची राजमार्ग र तमोर कोरिडोर सडक बन्द – Nepal Press

पाथिभरा क्षेत्रमा केबलकार बनाउन वन फँडानी भएको भन्दै मेची राजमार्ग र तमोर कोरिडोर सडक बन्द

विराटनगर । ताप्लेजुङ्गमा रहेको कोशी प्रदेशकै प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर (मुक्कुम्लुङ) क्षेत्रमा भइरहेको वन फँडानीको विरोधमा आज मेची राजमार्ग र तमोर कोरिडोर सडक बन्द गरिएको छ ।

किराँतीहरुले आस्थाको केन्द्र पाथिभरा (मुक्कुम्लुङ)मा केवलकार लैजाने भन्दै केवलकार सञ्चालनका लागि रुख काट्न थालेपछि बन्दको आह्वान गरिएको हो ।

बन्दका कारण मेची राजमार्गमा यातायतका साधन ठप्प भएका छन् । मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति, किरात याक्थुम चुम्लुङ संघीय समितिलगायतका संघसंस्थाले बन्दको आवहान गरेका हुन् ।

बन्दले इलाम, पाँचथर, ताप्लेजुङ र झापाको जनजीवन प्रभावित बनेको छ । निजी कम्पनीलाई केवलकार सञ्चालन गर्न दिनका लागि रुखहरु कटान थालिएको छ । रुख काटेको बिरोधमा आज र भोलिका लागि मेची राजमार्ग र तमोर करिडोर सडक बन्दको आव्हान गरिएको छ । बन्दका कारण तमोर कोरिडोर सडक खण्डमा समेत यातायतका साधान चलेका छैनन् ।

वन फँडानी गरिएको क्षेत्र याक्थुङ लिम्बूसहित आम मानिसको ‘आस्थाको केन्द्र’ भएकाले जबर्जस्त रूपमा रुख फँडानी नगर्न बन्दकर्ताले चेतावनी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर