एमाले संसदीय दलको बैठक बस्दै
नेपाल प्रेस
२०८१ जेठ २ गते ११:३८
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक बस्ने प्रमुख सचेतक महेश बर्तौँलाले बताए ।
उनका अनुसार बैठक साढे १२ बजेबाट सुरू हुनेछ।बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समितिको माग गर्दै निरन्तर सदन अवरोध गर्दै आइरहेको छ ।
आजको बैठकमा यो सहित सरकारले पेस गरेको नीति तथा कार्यक्रममा प्रभावकारी भूमिका खेल्नेबारे छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर