उपेन्द्रको रिटमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वोच्चको आदेश – Nepal Press

उपेन्द्रको रिटमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

अशोक राई नेतृत्वको जसपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदरको माग गर्दै उपेन्द्रले दायर गरेको रिटमा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश विनोद शर्माको इजलासले निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश दिँदै जेठ ८ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।

यादवले निष्क्रिय भइसकेको कानूनलाई टेकेर पार्टी फुटाएको भन्दै अहिले आयोगले थालेको सनाखत प्रक्रिया पनि यथास्थितिमा राख्न माग गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर