टर्कीएका विद्रोही नेतालाई ४२ वर्ष कैद
नेपाल प्रेस
२०८१ जेठ ४ गते १२:३१
काठमाडौं । टर्कीएका विपक्षी दलका नेतालाई ४२ वर्ष कैद सजाय सुनाइएको छ ।
सिरियाको विद्रोहको सवालमा घातक विरोध सुरु गरेकोमा विपक्षी दलका नेता सेलाहतिन दिमिर्तास दोषी करार गर्दै टर्कीएको अदालतले उनलाई यस्तो फैसला गरेको हो ।
रुसी विश्व च्यानल आरटीका अनुसार फैसलामा उनका दर्जनौँ सहकर्मीहरूलाई समेत फैसला भएको छ ।
४७ मुद्दा परेका नेता दिमिर्तासलाई यस्तो फैसला सुनाइएको हो ।
५१ वर्षका उनलाई दिएको सजायलाई उनले राजनीतिक रूपमा प्रेरित भनेर व्याख्या गरेका छन् ।
प्रतिक्रिया