संसदीय छानबिन समिति गठनमा आइतबारसम्म सहमति जुट्न सक्छ : प्रवक्ता महत (भिडिओ)
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनका विषयमा सहमतिको प्रयास भइरहेको बताएका छन् ।
शुक्रवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले छानबिन समिति गठनका विषयमा प्रधानमन्त्रीसँग निरन्तर छलफल भइरहेको भन्दै आइतबारसम्म एउटा सहमतिमा पुग्न सकिने बताए ।
उनले गृहमन्त्री लगायत अन्य समस्याग्रस्त सहकारीका विषयमा अध्ययन गर्नेगरी समिति बनाउनुपर्ने धारणा राखे । रवि लामिछाने सहकारी प्रकरणमा संलग्न भएको स्पष्ट रहेको भन्दै उनले पावरका भरमा कसैले पनि उन्मुक्ति पाउन नहुने जिकिर गरे ।
प्रवक्ता महतले कांग्रेसले उठाएका विषयमा गम्भीर नभएकै कारण लगातार सदन अवरुद्ध हुन पुगेकाले सरकारले अध्यादेशबाट बजेट ल्याउन खोजेको हो की भन्ने आशंका उत्पन्न हुनु स्वभाविक रहेको बताए ।
उनले विपक्षी दलहरूको बैठकले पनि संसदीय छानबिन समितिबाट पछि नहट्ने निर्णय गरेको जानकारी दिए ।
सहज निकास ।रविलाई आरोपको सम्बन्धमा बोल्न दिने । त्यसपछि समस्याग्रस्त समग्र सहकारीको छानबिन गर्न, पिडितलाई न्यायको लागि र दोषीलाई कारवाहीको लागि सिफारिश गर्ने भनेर संसदीय समिति गठन गर्न अघि बढ त को नमान्दो रहेछ ? रविको बारेमा छानबिन गर्न समिति बनाउने भए त गगनले बाख्रा पालन भनेर लगेको राष्यको पैसा हिनामिना गरेको विषयमा, काँग्रेसकै एउटा साँसदले रोलेक्स घडी चोरेको सम्बन्धमा, चुनावताका आरजूले भोट देउ विदेश लाने जिम्मा लिन्छु भनेको सम्बन्धमा , विना ढेवाके भनेको सम्बन्धमा, पैसा खाएर धनराजले कानून मन्त्री हुँदा हत्यारा, बलत्कारी, चोरलाई माफि दिन गरेको सिफारिशको सम्बन्धमा अलग अलग छानबिन समसति बनाउन काँग्रेस तयार हो ? होईन भने किन भुकेको ? सबै भन्दा त ४७ सालदेखि काँग्रसले देश लुटेको छानबिन गर्न समिति बनाओै । सिआईए र मोदीका दलालहरूले अरूमाथि ओैला ठड्याउने ? देश बेचुवा भ्रष्टाचारीहरूका ठूला कुरा हामी जनताले सुनिदिनुपर्ने ? हामी जनताले को सही र को गलत भनेर छुट्याएर सोही अनुसार धारणा बनाउनुपर्छ । पार्टीको पछि लागेर मात्र अहिलेसम्म देश बिग्रएको हो ।