सदनको गतिरोध हटाउन सभामुखले प्रचण्ड-ओलीसँग संयुक्त भेट्दै, समय मिले देउवासँग पनि छलफल गर्ने – Nepal Press

सदनको गतिरोध हटाउन सभामुखले प्रचण्ड-ओलीसँग संयुक्त भेट्दै, समय मिले देउवासँग पनि छलफल गर्ने

काठमाडौं । सभामुख देवराज घिमिरेले सदनको गतिरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त छलफल गर्ने भएको छ।

दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखले सदन खुलाउने विषयमा संयुक्त छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ।

छलफलमा समयको व्यवस्थापन भए कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल हुनसक्ने जनाइएको छ। कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको छानविन गर्न संसदीय समितिको माग गर्दै निरन्तर सदन अवरोध गर्दै आइरहेको छ।

तर, गृहमन्त्री लामिछानेले आफूमाथि लागेको आरोपको सदनबाट बोल्न नपाएसम्म समितिको पक्षमा नउभिने अडान राखेका छन्। त्यसमा एमाले अध्यक्ष ओलीको पनि बलियो साथ छ।

अवरोध हटाउने बिषयमा प्रधानमन्त्रीले आजै बिहान कांग्रेस सभापति देउवासहित शीर्ष नेताहरुसँग छलफल गरेका छन्। बैठकपछि संसदीय छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री सहमत भएको भन्दै फेरि छलफलमा बस्ने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर