युक्रेनले प्रहार गरेको ड्रोन हमलामा परेर मिनिबसमा सवार एक रुसी नागरिकको ज्यान गयो
काठमाडौं । युक्रेनले प्रहार गरेको ड्रोन हमलामा परेर मिनिबसमा सवार रहेका एक रुसी नागरिकको ज्यान गएको हो ।
रुसी विश्व च्यानल आरटीका अनुसार रुसी नियन्त्रणमा भएको खेर्सोन क्षेत्रमा भएको उक्त हमलामा कयौँ घाइते भएको बताइएको छ ।
आइतबार गभर्नर भ्लादिमिर साल्दोले रुसी विश्व च्यानललाई आक्रमणबारेमा जानकारी दिएका थिए । रादेन्स नामको गाउँमा आइतबार बिहान हमला भएको बताइएको छ ।
घाइते भएकाहरूको उपचार भइरहेको बताइएको छ । सन २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनलाई सैन्य हमला सुरु भएर भएको युद्धमा दुई देशहरू विगत दुई वर्षबाट निरन्तर युद्धमा छन् ।
युद्धमा सैन्य क्षेत्रमा मात्रै नभएर मानवीय बस्ती तथा पूर्वाधार क्षेत्रमा पनि दुई पक्षले एक अर्काले हमला गरेको आरोप लाउँदै आएका छन् ।