एमाले दाङमा सर्वसम्मत गराउने तयारी, पदाधिकारीको सूची महासचिवलाई बुझाइयो – Nepal Press

एमाले दाङमा सर्वसम्मत गराउने तयारी, पदाधिकारीको सूची महासचिवलाई बुझाइयो

दाङ । एमाले महासचिव शंकर पोखरेलको गृह जिल्ला दाङको १४ औं जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको तयारी गरिएको छ ।

सर्वसम्मत नेतृत्व चयनका लागि जिल्लामा रहेका पोलिटब्युरो देखि केन्द्रीय सदस्यले कसरत गरिरहेका छन् । नेतृत्व चयनको जिम्मा पोलिटब्युरो सदस्य नरूलाल चौधरी र केन्द्रीय सदस्य घनश्याम पाण्डेलाई दिइएको छ । स्रोतका अनुसार उनीहरूले पदाधिकारीको खाका बनाएर महासचिव पोखरेललाई बुझाएका छन् ।

जसअनुसार अध्यक्षमा पूर्वप्रदेश कमिटी सदस्य शिवकुमार आचार्य, उपाध्यक्षमा धुपनारायण चौधरी, सचिवमा मनोहर बुढाथोकी, उपसचिवमा मानबहादुर रावत र महिला उपसचिवमा हुमा डिसीको नाम छ । यसमा सबै केन्द्रीय सदस्यले सहमति जनाएका छन् ।

तर, सचिवमा प्रस्तावित बुढाथोकीले अध्यक्ष नछाड्ने अडानमा छन् । यदि बुढाथोकीले अध्यक्ष नछाडेमा उनीसँग वर्तमान अध्यक्ष हुकुम बस्नेतलाई चुनाव लडाउने तयारी गरिएको छ। अधिवेशनमा ७ सय ८८ प्रतिनिधि सहभागी छन् । अधिवेशनको उद्घाटन महासचिव पोखरेलले गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर