भंगहा-जनकपुर-जयनगर रेलसेवा आजदेखि सुरु
नेपाल प्रेस
२०८१ जेठ ८ गते ८:२३
जनकपुरधाम । आजदेखि भंगहा-जनकपुर-जयनगर रेलसेवा पुनः सुरु भएको छ ।
भारतमा लोकसभा चुनाव हुने भएका कारण तीन दिनदेखि बन्द भंगहा-जनकपुर-जयनगर रेलसेवा आजबाट पुनः सुरु भएको हाे ।
भारतको विहारमा पर्ने मधुवनी जिल्लाको मधुवनी संसदीय क्षेत्रमा २० मे २०२४ सोमबार लोकसभाको चुनाव सम्पन्न भएपछि आजबाट रेलसेवा सञ्चालनमा आएको हो ।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जन कुमार झाले आजदेखि रेलसेवा नियमित संचालनमा आएको जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर