काठमाडौंको थलीमा मृत भेटिएका पुरुषको पहिचान खुल्यो – Nepal Press

काठमाडौंको थलीमा मृत भेटिएका पुरुषको पहिचान खुल्यो

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका- ५ थलीमा शंकास्पद अवस्थामा मृत भेटिएको पुरुषको पहिचान खुलेको छ ।

मृतक भक्तपुर नगरपालिका वडा नम्बर ७ छालिङका ५२ वर्षीय कृष्ण नगरकोटी रहेको खुलेको छ ।

बौद्ध प्रहरीका अनुसार उनको शव आज बिहान ५ बजेर २५ मिनेटमाथली ओरालो नजिक बन्दै गरेको ढुंगाको पर्खालको छेउमा भेटिएको थियो । तर उनको पहिचान खुलेको थिए ।

उनको साथमा भएको सवारी चालक अनुमती पत्रमा भए अनुसार भक्तपुर छालिङ–७ उल्लेख गरिएको छ । नगरकोटीको घाटीमा धारिलो वस्तुले काटेको शंकास्पद अवस्थामा मृत फेला परेको थियो । घटना बारे थप अनुसन्धान भइरहेको बौद्ध प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *