पार्टी विभाजनविरुद्ध उपेन्द्रको मुद्दाको पेसी आज, सुनुवाइको सम्भावना कम – Nepal Press

पार्टी विभाजनविरुद्ध उपेन्द्रको मुद्दाको पेसी आज, सुनुवाइको सम्भावना कम

काठमाडौं । अशोक राई नेतृत्वको जसपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदरको माग गर्दै उपेन्द्रले दायर गरेको रिटउपर सर्वोच्च अदालतमा आज सुनुवाइ छ ।

उक्त मुद्दाको सुनुवाइका लागि न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र अब्दुल अजीज मुसलमानकोमा पेसी परेको छ । यादवको रिट इजलास नम्बर ४ को अन्तिमतिर अर्थात् ‘म’ मा परेकाले आज सुनुवाइको सम्भावना कम छ । हिजो पनि न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेसी तोकिएकोमा हेर्न नभ्याइनेमा परेको थियो ।

जेठ २ गते न्यायाधीश विनोद शर्माको इजलासले निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश दिँदै हिजो छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो ।

यादवले निष्क्रिय भइसकेको कानूनलाई टेकेर पार्टी फुटाएको भन्दै अहिले आयोगले थालेको सनाखत प्रक्रिया पनि यथास्थितिमा राख्न माग गरेका छन् ।

यता प्रधानमन्त्रीको विश्वासको मत रोक्न पनि यादवले रिट हालेका थिए । उक्त रिटउपर अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने हिजै विश्वासको मत पाइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर