कांग्रेसको नाराबाजीबीच सभामुखले अगाडि बढाए संसदको कारबाही
नेपाल प्रेस
२०८१ जेठ ८ गते १३:१०
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि संसदमा अवरोध जारी राखेको छ ।
अवरोधकाबीच संसदको नियमित कामकारबाही भने सुरु भएको छ ।
सांसद बद्री पाण्डेले बोलेपछि कांग्रेस सांसदहरूले नाराबाजी गरेका हुन् ।
कांग्रेसको नाराबाजीबीच सभामुख देवराज घिमिरेले सदन कारबाही अगाडि बढाएका हुन् ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको थियो ।
प्रतिक्रिया