पोलभाडा तिर्न टेलिकमको सूचना, नतिरे असार १ बाट लाइन काट्ने चेतावनी
नेपाल प्रेस
२०८१ जेठ ८ गते १६:२६
काठमाडौं । नेपाल टेलिकमले केवल टीभी अपरेटर र इन्टरनेट सेवाप्रदायकहरुलाई पोल भाडा भुक्तानी गर्न सूचना जारी गरेको छ ।
टेलिकमको प्रादेशिक निर्देशनालय विराटनगरले आर्थिक वर्ष २०८०/८१ सम्मको पोलभाडा बापतको रकम यही जेठ मसान्तभित्र नजिकको कार्यालय वा निर्देशनालयमा भुक्तानी गर्न सूचना जारी गरेको हो ।
यदि तोकिएको समयमा पोलभाडा भुक्तानी नगरे आगामी असार १ गतेदेखि कुनै पनि समयमा टेलिकमको पोलबाट हटाउन सक्ने वा सोबाट उत्पन्न हुने परिस्थितिका लागि सेवाप्रदायक स्वयं नै जिम्मेवार हुने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया