कान्तिपुरमा पुगेर युवराज घिमिरेले भने- नियोजित रुपमा सिरोहियालाई निशाना बनाइयो – Nepal Press

कान्तिपुरमा पुगेर युवराज घिमिरेले भने- नियोजित रुपमा सिरोहियालाई निशाना बनाइयो

‘गृहमन्त्रीलाई पदमुक्त गरियोस, नत्र सरकारको पतन निश्चित छ’

काठमाडौं । वरिष्ठ पत्रकार युवराज घिमिरेले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नियोजित रुपमा पक्राउ गरिएको आरोप लगाएका छन् । प्रहरीले पक्राउ गर्नुअघि उनी सिरोहियाप्रति ऐक्यवद्धता जनाउन कान्तिपुरको कार्यालयमा पुगेका थिए ।

घिमिरेले कान्तिपुरका संवाददातासँग कुरा गर्दै भने, ‘रवि लामिछाने मात्र नभएर सरकारका तर्फबाट नियोजित तरिकाले निसाना साँधिएको अवस्था छ । गृहमन्त्रीको विशेष रुची यसमा देखियो । जुन व्यक्तिको मातहतमा गृह प्रशासन छ, उसकै नागरिकता र पासपोर्ट विवादास्पद छ । उहाँसँग पक्राउ गर्ने नैतिक बल पनि छैन ।’

बदलाको भावनामा सरकार चल्छ भन्ने सरकारको पतन निश्चित रहेको उनले बताए ।

घिमिरेले थपे, ‘गृहमन्त्रीले आफूलाई बचाउन महान्यायाधीवक्ताको कार्यालय मिसयुज गरिररहेका छन् । प्रचण्ड सरकारसँग प्रजातान्त्रिक चरित्र छ भने गृहमन्त्रीलाई पदबाट मुक्त गर्न आवश्यक छ । उनी हुँदा सत्ताको दुरुपयोग गर्ने खतरा बढ्दो छ ।’

 


प्रतिक्रिया

3 thoughts on “कान्तिपुरमा पुगेर युवराज घिमिरेले भने- नियोजित रुपमा सिरोहियालाई निशाना बनाइयो

  1. किन दलाली गरेको नि युवराज ? तिमी न्यायाधिश हौ ? जे भन्नुपर्ने हो अदालतले भनिहािल्छ नि । गृहमन्त्रीको राजिनामा माग्ने तिमी को हौ ? दलाल नबन् ।

  2. युवराज घिमिरे राम्रै लाष्थ्यो । तर यो मान्छे त पूरै शिरोहियाको दलाल प‍‍ रहेछ ।जे हो कानून बमोजिम हुनुपर्छ भनेर भन्नुको सट्टा गृहमन्त्रीको राजिनामा किन ? तैले गृहमन्त्री बनाएको होस् ? जनताले मत दिएर बनाएका हुन् ।

  3. युवराज घिमिरे
    सिराेहियाकै नुन खाएर कपाल फुलाएका मानिस हुन् । उनले मालिकप्रति सदासयता देखाउनु ठीकै हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *