गृहमन्त्रीविरुद्ध सडक प्रदर्शन गर्ने कांग्रेसको निर्णय- आइतबार भ्रातृ संगठनलाई उतार्ने
नेपाल प्रेस
२०८१ जेठ ९ गते १४:३५
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको दबाब दिँदै सडकमा उत्रिने निर्णय गरेको छ ।
सानेपामा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पहिलो चरणमा जेठ १३ गते आइतबार काठमाडौं केन्द्रित प्रदर्शन गर्ने भएको हो । जसअनुसार नेविसंघ, तरुण दल, महिला संघलगायतका भ्रातृ तथा भगिनी संगठनलाई प्रदर्शनमा उतार्ने निर्णय भएको छ ।
बैठकस्थलबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै नेतृ डिला संग्रौलाले आवश्यकताको उपत्यकाबाहिर प्रदर्शन गर्न थप कार्यक्रम लैजाने बताइन् ।
प्रतिक्रिया