जबरजस्ती करणी आरोप लागेका पूर्वन्यायाधीश गिरी दोषी ठहर
काठमाडौं । सम्बन्ध विच्छेद मुद्दा विचाराधीन रहेको अवस्थामा जबरजस्ती करणीको आरोप लगेका पूर्वन्यायाधीश भुवन गिरी दोषी ठहर भएका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाबहादुर भुसालको एकल इजलासले गिरीलाई जबरजस्ती करणीको मुद्दामा दोषी ठहर गरेको हो ।
गिरी दोषी ठहर भएको र जेठ २८ गते सजाय निर्धारणका लागि पेशी तोकिएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार रामु शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।
श्रीमती आरती रावलले दिएको बलात्कारको मुद्दामा गिरीलाई दाेषी ठहर गरिएको हो । कपिलवस्तु जिल्ला अदालतमा वैवाहिक बलात्कारको मुद्दा दिएकी आरतीले काठमाडौं जिल्ला अदालतमा बलात्कारको मुद्दा दायर गरेकी थिइन् ।
सम्बन्ध विच्छेदको मुद्दा चलिरहेको अवस्थामा गिरीले आफूलाई कोठामै आएर रातभर बलात्कार गरेको उनको आरोप थियाे ।