जसपा नेपालको राष्ट्रिय महाधिवेशनमा पेस हुने राजनीतिक प्रतिवेदन पारित
नेपाल प्रेस
२०८१ जेठ १४ गते १४:२६
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक प्रतिवेदन पारित भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको प्रथम राष्ट्रिय महाधिवशेनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पारित गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
जसपा, नेपालले महाधिवेशन प्रतिनिधि निर्वाचन कार्यलाई तीव्रता दिएको छ । संगठन विभागले महाधिवेशन प्रतिनिधिको अभिलेखीकरण गरेसँगै केन्द्रीय निर्वाचन समितिले प्रतिनिधिको नामावली सार्वजनिक गर्नेछ।
जसपा, नेपालको महाविधेशन आगामी जेठ २८-३० गते जनकपुरमा हुँदैछ ।
प्रतिक्रिया
सम्बन्धित खवर