इन्द्रप्रस्थ अपोलो अस्पताल प्लास्टिक सर्जरीमा नयाँ मापदण्डहरू निर्माण गर्दै – Nepal Press

इन्द्रप्रस्थ अपोलो अस्पताल प्लास्टिक सर्जरीमा नयाँ मापदण्डहरू निर्माण गर्दै

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित प्रसिद्ध अस्पताल इन्द्रप्रस्थ एपोलो अस्पतालले प्लाष्टिक सर्जरीमा नयाँ मापदण्डहरू निर्माण गर्न लागेको छ ।

काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै अस्पतालले प्लास्टिक सर्जरीमा नयाँ मापदण्डहरू निर्माण गर्नै लागेको बताएको हो ।

सम्मेलनमा प्लास्टिक, कस्मेटिक र रिकन्स्ट्रटिभ सर्जरीका वरिष्ठ सल्लाहकार डा. कूलदीप सिंहले बढ्दो माग र पहुँचसँगै डाक्टरहरूको नैतिक, योग्यता केन्द्रित तालिमसँगै उच्च गुणस्तरको उपचार प्रविधि उपलब्ध गराउन अस्पताल तयार रहेको बताए ।

विगत एक वर्षदेखि अस्पतालले कस्मेटिक र प्लास्टिक सर्जरीका केही चुनौतीपूर्ण केसहरूको सामना गरी सफल समेत भएको उनले बताए ।

डा. सिंहले भने, ‘बिरामीहरूलाई सौन्दर्य र सौन्दर्य प्रक्रियाहरूमा सबैभन्दा उन्नत र न्यूनतम इनबेसिभ प्रविधिहरूमा पहुँच प्रदान गर्न पाउँदा हामी एकदमै गौरवान्वित छौ । चाहे हल्का टच अप होस वा परिवर्तनकारी काम, हामी नवीनतम प्रविधि प्रयोग गरेर हरेक कार्यमा नैतिक, सुरक्षा केन्द्रित दृष्टिकोण लागु गर्छौ । हाम्रो उद्देश्य सर्किजल प्रक्रिया मात्र पूरा गर्नु होइन, विरामीमा पूर्ण रूपमा आत्मविश्वास सिर्जना गर्नु पनि हो । हामी उनीहरूलाई आवश्यक सहयोग, मार्ग निर्देश र आवश्यक सूचना प्रदान गर्छौ जसका कारण उनीहरूलाई सुसूचित निर्णय गर्न सहयोग गरोस् र यसबाट एकदमै अपवाद र नयाँ नतिजाहरू आउन । बिरामीको सबलीकरणलाई प्राथमिकता दिँदै र उनीहरूको पूर्ण हितलाई ख्याल गदै प्रत्येक व्यक्तिलाई अगाडी बढ्न सहयोग मात्र होइन, उनीहरूको जीवनका सबै पक्षमा अगाडी बढ्न प्रेरित गर्छौ ।’

इन्द्रप्रस्थ अपोलो अस्पताल, भारतको पहिलो जेसीआई मान्यता प्राप्त अस्पताल हो । दिल्ली सरकार र एपोलो अस्पताल इन्टरपाईज लिमिटेडको संयुक्त हो । सन् १९९६ मा स्थापना भएको अस्पताल अपोलो हस्पीटल ग्रुपले स्थापना गरेको तेस्रो सुपर स्पेशालिटी केयर अस्पताल हो ।

१५ एकडमा फैलिएको अस्पतालमा ३०० भन्दा बढी विशेषज्ञ, ७०० भन्दा बढी अपरेसन बेड, १९ अपरेसन थिएटर, १३८ आइसियु बेड, चौबिसै घण्टा फार्मेसी र एनएविएल मान्यता प्राप्त प्रयोगशालाहरू, २४ सै घण्टा आपत्कालीन सेवा र एक सक्रिय एयर एम्बुलेन्स सहित अन्य ५७ विशेषताहरू रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर