संसदीय छानबिन समिति गठनमा सत्तापक्ष र कांग्रेस सहमति नजिक, सम्झौताको मस्यौदा बन्दै – Nepal Press

संसदीय छानबिन समिति गठनमा सत्तापक्ष र कांग्रेस सहमति नजिक, सम्झौताको मस्यौदा बन्दै

काठमाडौं । गृहमन्त्री रवि लामिछानेमाथि सहरकारी ठगीको आरोप लगाउँदै नेपाली कांग्रेसले माग गरेको संसदीय छानबिन समिति गठन गरेर संसद अवरोध अन्त्य गर्न दलहरु सहमति नजिक पुगेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्ष एमाले, माओवादी र रास्वपा तथा प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुबीचको वार्ता सकारात्मक बनिरहेको र कांग्रेसभित्र एकमत बने आजै राति सहमति हुने एक नेताले बताए ।

कांग्रेसबाट वार्तामा उपसभापति पुर्णवहादुर खड्का,कृष्ण प्रसाद सिटौला,महामन्त्री गगन थापालगायतका नेता सहभागी छन् । संसदीय छानविन समितिको कार्यादेशबारे सहमतिको नजिक पुगिएको र सम्झौताको मस्यौदा तयार भइरहेको कार्यदलका एक सदस्यले बताए ।

मंगलवार सरकारले बजेट ल्याउनुपर्ने भएकाले आजै सहमति गरेर निकास दिन दबाब छ । कांग्रेसभित्र सहमतिका लागि दबाब बढिरहेकाले मध्यमार्गी भाषा राखेर सम्झौतामा हस्ताक्षर हुने सम्भावना छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर