महिला ट्राफिकलाई महिनावारीको बेला सडकमा नखटाउने गृहमन्त्री रविको घोषणा
नेपाल प्रेस
२०८१ जेठ १५ गते ११:२२
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा महिला ट्राफिक प्रहरीको सुविधाको लागि महत्वपूर्ण घोषणा गरेका छन् ।
सामाजिक सञ्चालमा स्टाटस लेख्दै उनले अबदेखि महिनावारीका ४ दिन महिला ट्राफिक प्रहरीलाई सडकमा ड्यूटी नखटाउने उनले लेखेका छन् । उनीहरूको ठाउँमा मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयंसेवकको रूपमा सडकमा सवारी व्यवस्थापनमा सघाउने लामिछानेले बताएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर