बजेट नीति तथा कार्यक्रमबारे सुझाव दिन ५ सदस्यीय कार्यदल – Nepal Press

बजेट नीति तथा कार्यक्रमबारे सुझाव दिन ५ सदस्यीय कार्यदल

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेशसभामा ल्याउन लागेको नीति तथा कार्यक्रमका विषयमा सुझाव दिन नेकपा एमालेले कोशी प्रदेश संसदीय दलले ५ सदस्यीय कार्यदल बनाएको छ ।

संसदीय दलका नेता तथा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले उप नेता तिलकुमार मेन्याङ्वोको संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनाएको हो ।

मेन्याङ्वो आज मात्रै दलको उप नेतामा चयन भएका हुन् । कार्यदलमा सचेतक कमला दर्नाल, प्रदेश सभा सदस्य तिलचन पाठक,जयप्रकाश चौधरी र इन्द्रमणि पराजुली सदस्य छन् ।

कार्यदलले आगामी आर्थिक वर्षका लागि सरकारले पेस गर्ने बजेट नीति तथा कार्यक्रम कस्तो बनाउने भनेर सरकारलाई सुझाव दिने छ । कार्यदलले १८ गते सम्ममा सुझाव दिने छ नेकपा एमाले कोशी प्रदेश संसदीय दलका सचेतक कमला दर्नालले बताइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *