स्थानीय उत्पादनसँग जोडेर कोरिडोर विकास गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले विभिन्न क्षेत्रलाई कोरिडोरका रुपमा विकास गर्ने घोषणा गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले निजगढदेखि ढल्केबरसम्म पूर्वपश्चिम राजमार्ग आसपासको क्षेत्रलाई नेपाली गलैंचा कोरिडोरका रुपमा विकास गरिने बताए ।
‘सार्वजनिक निकायले नेपालमा बनेको गलैंचा खरिद गर्नुपर्ने व्यवस्था गरिनेछ । प्रदेश तथा स्थानीय तहको सहकार्यमा सल्यान-रुकुमको शारदा नदी आसपासको क्षेत्रलाई कृषि कोरिडोर, जुम्लाको हिमा नदी र तिला नदी आसपाको क्षेत्रलाई मार्सीधान कोरिडोर, बाराको कोल्भीदेखि सिम्रौनगढ सडक आसपास क्षेत्रलाई माछा कोरिडोरका रुपमा विकास गरिनेछ’, अर्थमन्त्री पुनले भने ।