महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणका लागि २ अर्ब विनियोजन
काठमाडौं । महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको कामका लागि सरकारले २ अर्ब विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले महाकाली सिंचाइ आयोजनाको तेस्रो चरणको कामका लागि २ अर्ब विनियोजन गरेको घोषणा गरेका हुन् ।
चालू आर्थिक वर्ष २०८०/८१ को बजेटमा कञ्चनपुर जिल्लाको ब्रम्हदेव क्षेत्रको २ हजार ९ सय हेक्टर जमिनमा सिँचाई सुविधा पुर्याउन शाखा नहर निमार्ण कार्य अघि बढाउने कुरा उल्लेख गरिएको थियो । जसका लागि १ अर्ब १७ करोड रुपैयाँ नै बजेट छुट्याइएको थियो । अब तेस्रो चरणको कामका लगि २ अर्ब छुट्याएको छ ।
‘महाकाली सिंचाई आयोजनाको तेस्रो चरणको मुल नहरको र त्रिभुवन वस्ती लगायत साखा नहर विस्तारको काम अघि बढाइने छ । ब्रम्हदेव क्षेत्रका साखाबाट १ हजार ५ सय हेक्टर जमिनमा सिंचाई सेवा थप गरिने छ । उक्त आयोजनाका लागि २ अर्ब विनियोजन गरेको छु’, उनले भने ।