आईपीएलमा हट केक बनेका रियान पराग युट्युबमा अनन्या र साराको हट भिडिओ खोज्दै – Nepal Press

आईपीएलमा हट केक बनेका रियान पराग युट्युबमा अनन्या र साराको हट भिडिओ खोज्दै

काठमाडौं । यसपालिको भारतीय प्रेमियर लिगले केही नयाँ स्टारहरु जन्माएको छ, जसमध्ये एक हुन् रियान पराग । राजस्थान रोयल्सबाट खेलेका उनले टीमलाई क्वालिफायरसम्म पुर्‍याउन महत्वपूर्ण योगदान दिए ।

२२ वर्षीय यी युवा क्रिकेटरले १५ म्याचमा ५२.०९ को औसत तथा १४९.२२ को स्ट्राइक रेटमा ५७३ जोडेका थिए । क्यालिफायरमा भने उनको ब्याट चल्न सकेन । ६ रनमै आउट भए । सनराजर्स हैदरावादसँग पराजित भएपछि राजस्थान रोयल्स फाइनलमा पुग्न चुक्यो ।

आईपीएल सकिएलगत्तै भने पराग एउटा रोचक प्रसंगमा मुछिएका छन् । यतिबेला उनको ‘युट्युब हिस्ट्री’ सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । आखिर किन त ?

युट्युब हिस्ट्री भन्नाले युट्युबमा तपाईंले यसअघि जुन शब्दहरु सर्च गर्नुभएको छ, त्यसलाई बुझाउँछ । तपाईंले कुनै पनि भिडियो खोज्न सर्च बक्समा कर्सर राख्नासाथ यसअघि सर्च गरिएका भिडिओहरु देखाउँछ । यही सर्च हिस्ट्रीले परागको पोल खुलेको छ ।

पराग आफ्नो युट्युबमा गेमिङ सेशनका दौरान लाइभ स्टिम गरिरहेका थिए । यही क्रममा उनले कपिराइट फ्री म्युजिक खोज्न थाले । सर्च बक्समा कर्सर राख्नासाथ सर्च हिस्टी देखायो जसमा परागले ध्यान दिएनन्, तर कैयौंले स्क्रिनसट गर्न भ्याइहाले ।

सर्च हिस्ट्रीमा सबैभन्दा माथि ‘सारा अली खान हट’ देखिएको छ । अर्थात् उनले भर्खरैमात्र बलिउड अभिनेत्री सारा अली खानको हट भिडियो खोजेका थिए । दशौं क्रममा उनले अभिनेत्री अनन्या पाण्डेको हट भिडियो खोजेको देखिन्छ । संयोगले सारा र अनन्या दुवै बलिउडमा सक्रिय स्टारकिड्स हुन् । अभिनेता सैफ अली खानकी छोरी हुन् सारा । अनन्या भने पुराना अभिनेता चंकी पाण्डेकी छोरी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर