नयाँ बजेटमा नीजि क्षेत्रको यस्तो छ प्रतिक्रिया – Nepal Press

नयाँ बजेटमा नीजि क्षेत्रको यस्तो छ प्रतिक्रिया

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरेको बजेटमा मिश्रित प्रतिक्रिया आइरहेका छन् ।

प्रतिपक्षी दलहरुले नयाँ कार्यक्रम केही नभएको र कार्यान्वयन चुनौतीपूर्ण रहेको टिप्पणी गरेका छन् । यता नीजि क्षेत्रले भने बजेट सकारात्मक भएको प्रतिक्रिया दिएको छ ।

नीजि क्षेत्रका विभिन्न कार्याक्रम बजेटमा समेटको बताइएको छ । बजेटमा उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुलभन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह कम गरी स्वदेशी उद्योगलाई प्राथामिकता दिइएको छ । उद्यारोमा बिक्री गरेको पैसा उठाउन सरकारले कानून बनाउने पनि बजेटमा उल्लेख छ ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले बजेट समग्रमा राम्रो आएको बताए ।

‘समग्रमा बजेट राम्रो आएको छ । नीजि क्षेत्रले आर्थिक उत्थानको लागि सरकारले ठूलौ कार्यक्रम घोषणा हुन्छ कि भन्ने थियो । तर, त्यस्तो कुनै कार्यक्रम आएन । हामीले पहिलेदेखि नै उधारो उठाउने कानूनको माग गरेका थियौं’, उनले भने, ‘सरकारले त्यो कुरा सम्बोधन गरेको छ भने कच्चा पदार्थ र तयारी वस्तुको लाग्ने महसुलमा १ प्रतिशत फरक गरेको छ । बजेट कार्यन्वयन कसरी हुन्छ भन्ने विषय मुख्य हो ।’

चेम्बर अफ कमर्शका अध्यक्ष कम्लेश्वर अग्रवालले बजेट राम्रो आएको बताए ।

उनले भने, ‘बजेट विकासमा रपान्तरण हुने किसिमको छ । नयाँ बजेटमा राजस्वको लक्ष्य यर्थाथपरक रहेको छ । स्रोत व्यवस्थापनमा भने अलि कठिन हुने देखिन्छ । सरकारले पूँजीगत खर्च गर्ने गरि काम गर्नु पर्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर