आयकर नबुझाएकालाई सरकारको राहत, फागुन मसान्तसम्म बुझाए ब्याज मिनाहा – Nepal Press

आयकर नबुझाएकालाई सरकारको राहत, फागुन मसान्तसम्म बुझाए ब्याज मिनाहा

काठमाडौं । सरकारले बजेटमार्फत आयकर नबुझाएकालाई राहत घोषणा गरेको छ । कुनै व्यक्तिले विगतमा कर लाग्ने आय आर्जन गरेको तर स्थायी लेखा नम्बर नलिएको भए त्यस्तो व्यक्तिले स्थायी लेखा नम्बर लिई कर बुझाए राहत पाउनेछन् ।

आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को बुझाउनु पर्ने आय विवरण र सोमा लाग्ने कर २०८१ फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा व्याज मिनाहा हुने आर्थिक विधेयकमा व्यवस्था गरिएको छ ।

आय विवरण र सो बमोजिम लाग्ने कर बुझाएमा सोभन्दा अघिका आय वर्षहरुको आय विवरण र सोमा लाग्ने कर, शुल्क तथा ब्याज समेत बुझाउनु पर्ने छैन ।

यस्तै, स्थायी लेखा नम्बर लिई आय विवरण बुझाउन बाँकी रहेको करदाताले आय विवरण, सो आय विवरण अनुसारको आयकर र सोमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम २०८१ साल फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी ब्याज मिनाहा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर