चुरोट बिँडीमा कति बढ्यो कर ? – Nepal Press

चुरोट बिँडीमा कति बढ्यो कर ?

काठमाडौं । सरकारले स्वास्थय जोखिम कर बढाएको छ । विदेशबाट पैठारी हुने र स्वदेशमा उत्पादित बिँडीमा प्रति खिल्ली तीस पैसा, चुरोट र सिगारमा प्रति खिल्ली साठी पैसा कर लाग्ने भएको छ । यस्तै, तयारी खाने सुर्ती, खैनी, गुट्खा, पान मसलामा प्रति किलोग्राम साठी रुपैयाँका दरले समदरमा स्वास्थ्य जोखिम कर लगाइएको छ ।

यी वस्तुको कर पैठारीका बखत भन्सार बिन्दुमा र स्वदेशी उत्पादनका हकमा प्रतिष्ठानबाट निष्कासनका बेला असुल गरिनेछ । स्वास्थ्य जोखिम करको नियमन र प्रशासन आन्तरिक राजस्व विभागले निर्धारण गरे बमोजिम हुनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर