वीरेन्द्रनगर जीप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो – Nepal Press

वीरेन्द्रनगर जीप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

सुर्खेत। सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको जीप दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा कालिकोटको शुभ कालिका गाउँपालिका-३ का ४० वर्षीय तन्त विक, उनका छोरा १७ वर्षीय वीरेन्द्र विक र दैलेखको भैरवी गाउँपालिका-४ का महेन्द्र शाही रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, घाइते हुनेमा कालिकोट शुभ कालिका गाउँपालिका-३ का वडा नरी कामी र खाँडाचक्र नगरपालिका-९ पाँखाका नरेन्द्र विष्ट घाइते भएका छन्। घाइते विष्ट जीप चालक हुन् ।

दुर्घटनामा मृत्यु हुनेहरु सबै भारतबाट रोजगारी गरेर घर फर्किँदै गरेका मजदुर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सुर्खेत-दैलेख सडक खण्ड अन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गलामा १ च २५६० नम्बरको बोलेरो जीप आज बिहान दुर्घटना भएको थियो ।

जीप सडकबाट अन्दाजी तिन सय मिटर तल जिप खस्दा दुर्घटना भएको प्रहरीले उल्लेख गरेको छ । घाइतेहरूको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *