श्रम र रोजगारीको क्षेत्र कमजोर छ : मुख्यमन्त्री कार्की – Nepal Press

श्रम र रोजगारीको क्षेत्र कमजोर छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको श्रम र रोजगार क्षेत्र कमजोर भएको बताएका छन् । उनले बैंकले प्रवाह गर्ने ऋणको नीतिगत व्यवस्था र कोभिडको असरले उद्योग र रोजगारदाताको क्षमता कमजोर भइरहेको बताए ।

विराटनगरमा सुरु भएको श्रमाधान रोजगार मेलाको उद्घाटन कार्यक्रममा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले उद्योग क्षेत्रमा देखिएको समस्या समाधान गर्न बजेटमा व्यवस्था गरिएका कार्यक्रमले मात्रै नपुग्ने बताए ।

उनले जोगमनी किमाथांका नाका खोल्ने हो भने धेरै रोजगारी सिर्जना हुने र कृषि उत्पादन वृद्धि हुने बताए । उनले त्यसतर्फ प्रधानमन्त्रीले ध्यान दिनुपर्नेमा जोड दिए । कार्कीले राष्ट्रिय पुँजीको विकास गर्न सके मात्रै संविधानले कल्पना गरेको समाजवाद प्राप्त हुने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *