मकवानपुरमा बस दुर्घटना, २० जना घाइते
नेपाल प्रेस
२०८१ जेठ १८ गते ११:२२
हेटौँडा । मकवानपुरको मनहरिमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।
गाउँपालिकाको वडा नम्बर-९ ज्यामिरे स्थित पूर्व पश्चिम सडक खण्डमा बस दुर्घटना हुँदा २० जना घाइते भएका हुन् ।
शुक्रवार बिहान करिब २ बजे काँकडभिट्टाबाट नेपालगन्ज जाँदै गरेको ना ५ ख ५५१५ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो।
बसको अगाडीको पट्टा भाँचिएर अनियन्त्रित हुँदा दाहिने साइडको नालीमा खसेको थियो।
प्रहरीका अनुसार सामान्य घाइते भएका ११ जनालाई स्थानीय मेडिकल र ९ जनालाई चितवनतर्फ उपचारका लागि पठाइएको जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर