भिसा अस्वीकारः प्रतिष्ठा सन्दीपको गिर्‍यो कि देशको ?

एउटा कुरा लेखेर राख्दा पनि हुन्छ, अमेरिकाको यो निर्णयको विरुद्ध कुनै पनि हाइप्रोफाइल व्यक्तिले आवाज उठाउनेवाला छैन । कुनै राजनीतिज्ञले बोल्नेवाला छैन । कुनै मिडियाले लेख्नेवाला छैन । एउटै छ, अमेरिकाको विरोध गर्दा भोलि दूतावासले आफूलाई नै ब्ल्याकलिस्टमा राखेर भिसा नदिने डर । जोखिम कसले र किन मोल्ने ? पूर्वमन्त्रीहरूसमेत डीभी भर्ने लाइनमा भेटिने देशमा यस्तो सोच अस्वाभाविक पनि होइन ।