विदेशबाट ल्याउन पाउने सुनको गहनाको कोटा घट्यो, थपियो ३ प्रतिशत महसुल
काठमाडौं । नयाँ बजेटले विदेशबाट नेपाल फर्किँदा ल्याउन पाउने सुनको कोटा घटाएको छ भने लाग्ने महसुलमा पनि अतिरिक्त ३ प्रतिशत वृद्धि गरेको छ ।
यसअघि नयाँ बजेट आउनुभन्दा पहिले कुनै कर नतिरी ५० ग्राम र कर तिरेर जम्मा २ सय ग्रामसम्म ल्याउन पाउनेमा नयाँ बजेटले अनुसार अब महिलले १५० ग्रामभन्दा धरै सुन ल्याउन पाउने छैनन् । पुरुषको हकमा भने २५ कुनै महसुल नतिरी ल्याउन पाउने व्यवस्था रहेको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता गगन बहादुर बिकेले नयाँ बजेटको आर्थिक विधेयकले महिलाले २ सय ग्राम सुनका गहना ल्याउन पउनेमा पुरानो व्यवस्था भएको ठाउँमा ५० ग्राम घटाएर १५० ग्राम माात्रै ल्याउन पाउने व्यवस्था गरेको बताए ।
‘नयाँ आर्थिक विधेयकअनुसार महिलाले १५० ग्राम मात्रै सुनका गहला ल्याउन पाउछन् । जसमा ५० ग्रामको कुनै महशुल तिर्न पर्दैन । ५० ग्रामको सुनका गहनाको १५ प्रतिशत कर तिर्नु पर्छ । २५ ग्रामको अतिरक्त ३ प्रतिशतसमेग गरी १८ प्रतिशत महसुल तिर्नु पर्छ’, उनले भने, ‘पुरुषले विदेशबाट आउँदा २५ ग्रामसम्मका सुनका गहनामा कुनै महसुल तिर्नु पदैन । ५० ग्रामको १५ प्रतिशत र २५ ग्रामको सुनका गहनाको १८ प्रतिशत महसुल तिर्नु पर्छ । महिलाले १५० ग्राम र पुरुषले १०० ग्रामभन्दा धेरैको गहना ल्याएमा जफत हुन्छ ।’
तर, सामान्य गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका वस्तुलाई मान्यता दिइने छैन ।
सुन आयातमा पनि बढेको छ कर
आर्थिक विधेयक २०८१ मार्फत सरकारले सुनको कर ५ प्रतिशतले बढाएको थियो । यस अघि सुनको आयातमा लाग्दै आएको १५ प्रतिशत कर अब २० प्रतिशत पुगेको हो ।
गत वर्ष पनि सरकारले आर्थिक विधेयक २०८० मार्फत सुन आयातमा लाग्ने १० प्रतिशत कर ५ प्रतिशतले बढाएर १५ प्रतिशत पुर्याएको थियो ।