न्यूयोर्क टाइम्स लेख्छ- निर्मल पुर्जाले कैयौं आरोही महिलाहरुको यौन हिंसा गरे – Nepal Press

न्यूयोर्क टाइम्स लेख्छ- निर्मल पुर्जाले कैयौं आरोही महिलाहरुको यौन हिंसा गरे

काठमाडौं । अमेरिकी अखबार न्यूयोर्क टाइम्सले बेलायती नागरिकताधारी नेपाली मुलका चर्चित आरोही निर्मल पुर्जाले कैयौं महिलालाई यौन हिंसा गरेको समाचार प्रकाशन गरेको छ । कैयौ महिलासँग कुरा गरेर तयार भएको भनिएको समाचारमा मिस फिनल्याण्ड भइसकेकी आरोही लोता हिन्त्साले मुख खोलेकी छन् ।

उनले सन् २०२३ मा काठमाडौंको एक होटलमा निर्मल पुर्जाले जबरजस्त किस गरेको, लुगा खोल्दै ब्रासम्म उतार्न खाेजेर जबरजस्त गरेको बताएकी छन् ।

आफ्नो फिनिस भाषामा प्रकाशन भएको आत्मकथामा काठमाडौंमा भएको यो घटनाको उल्लेख गर्दा एक चर्चित आरोहीबाट हिंसा भएको बताएकी उनले न्यूयोर्क टाइम्ससँग त्यो चर्चित आरोही निर्मल पुर्जा भएको बताएकी हुन् ।

आफूले पुर्जाको जबरजस्तिलाई अस्वीकार गरेपछि उनले हस्तमैथुन गरेर छोडेको उनको आरोप छ । यस अगाडि पनि केही महिना अगाडि सामाजिक सन्जाल इन्स्टाग्राममा बेनामे आईडीबाट पुर्जाले यौन हिंसा गरेको आरोप लागेको थियो । आरोप लाउनेहरु खुलेर आएको खबर चाहिँ आज प्रकाशन भएको न्यूयोर्क टाइम्सको खबरमा मात्र हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *