अल हिलाल क्लबले जित्यो किंग्स कपको उपाधि – Nepal Press

अल हिलाल क्लबले जित्यो किंग्स कपको उपाधि

काठमाडौं । अल हिलाल क्लबले किंग्स कपको उपाधि जितेको छ । गएराति भएको खेलमा अल नासरलाई पराजित गर्दै अल हिलालले उपाधि जितेको हो ।

निकै तनावपूर्ण खेलमा हिलालले सडन डेथमा ५–४ गोल अन्तरले पराजित उपाधि जितेको हो । तीनवटा रेडकार्ड दिइएको खेलमा हिलालले क्रिष्टियानो रोनाल्डोको टिम अलनासलाई सडन डेथमा पराजित गर्दै उपाधिमा कब्जा जमाएको हो ।

निर्धारित समय १–१ गोलको बराबरीमा सकिए पछि थप गरिएको समयमा दुवै टिम गोल गर्न असफल हुँदा टाइब्रेकर हुँदै खेलको नतिजा सडनडेथमा पुगेको थियो ।

अल हिलालका एलेक्सान्दर मित्रो भिच, मोहमेद कानो, हसन टमबाक्टी, अब्दुल्लाह अलहम्दान र नासेर अल दासरीले गोल गर्दा अल नासरका रोनाल्डो, सामी अलनाजेई, अब्दुल रहमान घारिव र अली लजामीले मात्रै गोल गरे ।

किंग्स कपसँगै अल हिलालले यो सिजन तीनवटा उपाधि जित्न सफल भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *