नीति तथा कार्यक्रममा सहकारीलाई प्राथमिकता दिइनेछ: मुख्यमन्त्री कार्की – Nepal Press

नीति तथा कार्यक्रममा सहकारीलाई प्राथमिकता दिइनेछ: मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सरकारले ल्याउने नीति तथा कार्यक्रममा सहकारीलाई प्राथमिकतामा राख्ने बताएका छन् ।

शनिवार विराटनगरमा भएको सहकारी संस्थाहरु सु सञ्चालनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्कीले उद्योगको लागि आवश्यक कच्चा पदार्थ उत्पादनको लागि सहकारीले कच्चा उद्योग सञ्चालन गर्ने हो भने सरकार ग्यारेन्टी बस्ने बताए ।

उनले सहकारीले यसो गर्न सके रोजगार सिर्जना हुने र उद्योगलाई कच्चा पदार्थ बाहिरबाट ल्याउनुपर्ने बाध्यता पनि हट्ने बताए सरकारले सहकारीसँगको सहकार्यमा वर्षको एउटा कच्चापदार्थ उद्योग सञ्चालन गर्न सकियो भने बिस्तारै रोजगारी सिर्जना बढ्दै जाने र सहकारी प्रतिको नकारात्मक धारणा पनि हट्दै जाने बताए ।

सहकारी भनेपछि जे पनि गर्न मिल्ने चलन बस्यो उनले भने,‘ गरिबी उत्थानको लागि खोलिएका सहकारी धनिले धन कमाउने अखडा जस्तो देखियो ।

कोशी प्रदेशका सहकारीको विकासको लागि र समस्या आउन नदिनको लागि पनि सरकारले ध्यान दिने बताए ।

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको कार्यक्रममा सहकारी अभियन्ता तथा स्थानीय तहका सहकारी शाखा हेर्ने कर्मचारीहरूको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर