सहकारी प्रकरणको छानबिन गर्न गठित समितिको कार्यालय सिंहदरबारमा रहने, तोकिएको समयभित्रै काम थाल्ने – Nepal Press

सहकारी प्रकरणको छानबिन गर्न गठित समितिको कार्यालय सिंहदरबारमा रहने, तोकिएको समयभित्रै काम थाल्ने

काठमाडौं । सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न गठित संसदीय संसदीय छानबिन विशेष समितिले काम थाल्ने तयारी गरेको छ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको दाबी गरेपछि अनुसन्धान गर्नको लागि गठित समितिले काम थाल्न आवश्यक व्यवस्थापनमा जुटेको हो।

कार्यदलका सदस्य तथा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाललाई प्रतिनिधिसभाले दिएको समयसीमाभित्रै समितिले काम थाल्ने बताए।
उनले भने, ‘हामीले समितिका सभापतिसँग कुराकानी गरिरहेका छौं। प्रतिनिधि सभाले समिति गठन भएको ७ दिनभित्र काम गर्न समय दिएको छ।’

उनले अहिले कार्यालय स्थापना, त्यसपछि अनुसन्धान प्रक्रिया अघि बढाउनको लागि आवश्यक पर्ने विषय विज्ञ र अन्य आवश्यक सामाग्रीहरुको जुटाउनतिर लागेको बताए।

उनले अब एकदुई दिनभित्रमा समितिले औपचारिक रुपमा काम थाल्ने बताए। उनले थपे, ‘७ दिनभित्र कार्य प्रारम्भ गर्नू भनेर समितिलमई निर्देशन दिइएको छ। समितिको कार्यालयनको बिषया हामीले सभामुखलाई भनेका थियौं। उहाँले सिंहदरबारभित्रै व्यवस्थापन गराउने कुरा भएको छ। अब हामी काम थाल्न ढिलो गर्दैनौं।’

समितिमा ईश्वरीदेवी न्यौपाने, ध्रुवबहादुर प्रधान, बद्री पाण्डे, लेखनाथ दाहाल, शिशिर खनाल, सरिता भुसाल र सूर्यबहादुर थापा रहेका छन्। सात सदस्यीय समितिमा कांग्रेस र एमालेका तर्फबाट २/२, माओवादी, रास्वपा र राप्रपाका १/१ जना सदस्य रहनेछन्।

समितिमा कांग्रेसबाट पाण्डे र न्यौपाने, एमालेबाट थापा र भुसाल, माओवादी केन्द्रबाट दाहाल, रास्वपाबाट खनाल र राप्रपाबाट प्रधान सदस्य रहने भएका छन्। ७ सदस्यीय समितिमा सत्तापक्षको ४ सांसद रहेका छन्।

समितिले सहकारीमा देखिएको समस्या समाधान, बचतकर्ताको रकम फिर्ताकोको उपायसहितको सुझाव दिनेछ। कार्यादेशमा समस्याग्रस्त २९ सहकारीको नाम समेत उल्लेख छ। जसमा गृहमन्त्री संलग्न भएको ९ सहकारीलाई बेग्लै अनुसूचीमा राखिएको छ। समितिलाई छानबिन गरेर प्रतिवेदन बुझाउनको लागि तीन महिना समय दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर