दलको बैठकमा ओलीले भने – बजेटका केही शब्द अनुपयुक्त छन्, प्रश्न उठाउन पाइन्छ (भिडिओ)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटमा आएका केही नीतिहरूमा उल्झनपूर्ण रहेको टिप्पणी गरेका छन्।
संंसदीय दलको बैठकलाई सम्बोधन गर्दै बजेटका केही शब्दहरू उपयुक्त नहुने र प्रयोग भएका शब्दको भावको अर्थ र महत्व बोन्न नसक्ने रहेको जिकिर गरे।
उनले भने, ‘बजेटमा रहेको कुनैपनि कमजोरी औल्याउनै हुँदैन भन्ने होइन। बजेटमा रहेको कमी माननियज्यूहरूले आफ्नो क्षेत्र र जिल्लामा प्रदेशमा हिजोको र आजको के कमीकमजोरी छ। के हुनुपर्थ्यो के अझै घट्योरु यस्ता कुराहरुमा छलफलमा प्रश्न उठाउन सक्नुहुन्छ।’बजेटमाथि छलफल गरेर पारित गर्नुपर्ने बताए।
उनले थपे, ‘आफ्नो क्षेत्रको आयोजनामा बजेट कटौती भएको छ भने बजेटको आकार नघटेको स्थितीमा आयोजनाको लागि छुट्टाइएको रकम घट्यो भने त्यसको औचित्य के होरु नयाँ ठूलो राष्ट्रिय आयोजना अघि बढाउँदैछ कि त्यो हेर्नुपर्छ नत्र एउटालाई अनुकुल अर्कालाई प्रतिकुल छ भने त्यो कमीकमजोरी भयो भन्ने निष्कर्ष निकाल्नुपर्छ।’
जनयुद्ध भन्ने शब्द यो बजेटमा एमालेको स्विकृतिमै आएको त होला । ल बधाई छ ।